images
images

करिब ६ अर्ब ठगी गरेको आरोपमा इच्छाराज तामाङकी श्रीमती पक्रउ


  • 1.3K
    SHARES
  • २०७९ श्रावण ३ गते मंगलबार

    करिब ६ अर्ब ठगी गरेको आरोपमा इच्छाराज तामाङकी श्रीमती पक्रउ

    काठमाडौं । सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाका पूर्वअध्यक्ष इच्छराज तामाङकी श्रीमती सिर्जना शाक्य तामाङ पक्राउ परेकी छिन् । मंगलवार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले सिर्जनालाई ठगी आरोपमा काठमाडौंबाट पक्राउ गरेको हो । 

    सिर्जना शाक्यलाई सिभिल सहकारीमा भएको निक्षपकर्ताको ५ अर्ब ८४ करोड ४० लाख रुपैयाँ ठगी गरेको आरोप छ । सोही कसूरमा फरार रहेकी उनलाई आज पक्राउ गरिएको छ

    विगत ३ वर्षदेखि आफूले वचत गरेको रकमको सावा तथा ब्याज पटक–पटक अनुरोध गर्दा समेत नपाएपछि १ हजार ५ सय ३० जना पीडितले सीआईबीमा जाहेरी दिएका थिए। सोही जाहेरीको आधारमा अनुसन्धान सकेर सीआईबीले  गत मंसिर १७ गते संस्थाका पूर्वअध्यक्ष इच्छाराज तामाङसहित १२ जनालाई पक्राउ गरेको थियो। 

     


    images
    images

    Logo