काठमाडौं । नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसन्स (आईओसी) लाई १६ अर्ब ८० करोड रुपैयाँ बुझाएइको छ । सञ्चित रकम सकिएपछि पेट्रोलियम पदार्थ किन्नसमेत पैसा नभएपछि निगमले सरकारसँग ऋण लिएर मंगलवारआइओसीलाई रकम भुक्तानी गरेको हो ।
मंगलबार १६ अर्ब ८० करोड रुपैयाँ बुझाएपछि आईओसीलाई तिर्नुपर्ने रकम अझै १४ अर्ब ४० करोड रुपैयाँमा बाँकी रहेको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घट्दा निगमलाई केही राहत मिले पनि पुरानो बक्यौताका कारण आर्थिक अवस्था सुधार हुन सकेको छैन ।
आईओसीले ४ दिनअघि मात्रै पठाएको मूल्यअनुसार प्रतिलिटर पेट्रोल १५ रुपैयाँ ७६ पैसा र डिजेल प्रतिलिटर १६ रुपैयाँ ५६ पैसा घटेर आएको छ । तर सरकारले कर समायोजन नगरिदिँदा सर्वसाधारणले घटेको मूल्यमा इन्धन पाउन सकेनन् ।
आईओसीबाट मूल्य घटेर आए पनि निगमले भुक्तानी गर्नुपर्ने रकम पूर्ण रुपमा चुक्ता नभएसम्म मूल्य यथावत राख्ने भएको छ ।



