images
images

मिडियाप्रति एक्सनमा उत्रियो काठमाडौं महानगर, कारबाही गर्न प्रेस काउन्सिलमा उजूरी


  • 403
    SHARES
  • २०७९ श्रावण ३ गते मंगलबार

    मिडियाप्रति एक्सनमा उत्रियो काठमाडौं महानगर, कारबाही गर्न प्रेस काउन्सिलमा उजूरी

    काठमाडौं । काठमाडौं महानगरले हिमालयन टेलिभिजन र नेपाल समाचारपत्र दैनिकलाई कारबाही गर्न माग गर्दै प्रेस काउन्सिलमा उजूरी दिएको छ । 

    नेपाल समाचारपत्र दैनिक र हिमालयन टेलिभिजनले काठमाडौँ महानगरपालिकाले अमुक संस्थालाई अनुदान दिने उद्देश्यले बजेट विनियोजन गरेको भन्ने विषयक भ्रामक र तथ्यहीन समाचार प्रकाशन गरेको भन्दै प्रेस काउन्सिलमा उजूरी दिएको हो।

    सो निवेदनमा भनिएको छ ‘नेपाल समाचारपत्र र हिमालयन टेलिभिजनले काठमाडौँ महानगरपालिकाले अमुक संस्थालाई अनुदान दिने उद्देश्यले बजेट विनियोजन गरेको भन्ने विषयक भ्रामक र तथ्यहीन समाचार प्रकाशन प्रसारण गरी पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६ सहित)को दफा ४ बमोजिम कर्तव्य पालना गरेको नदेखिएकोले सोही आचारसंहिताको दफा ७ बमोजिम नेपाल समाचारपत्र र हिमालयन टेलिभिजन प्रकाशन प्रशारण गर्ने संस्थालाई क्षतिपूर्तिसहितको कारबाही माग गर्दछु,’ ।

    balen.jpg


    images
    images

    Logo