images
images

काठमाडौंको जोरपाटीमा बोरिङ खन्दा निस्कियो ग्याँस 


  • 513
    SHARES
  • २०७९ श्रावण ३ गते मंगलबार

    काठमाडौंको जोरपाटीमा बोरिङ खन्दा निस्कियो ग्याँस 

    काठमाडौं । काठमाडौंको जोरपाटी नजिकै बोरिङ खन्दा ग्याँस निस्किएको छ । जोरपाटीबाट सुन्दरीजल जाने बाटोमा रहेको सन्तवीर लामाको घरमा बोरिङ खन्ने क्रममा लेदोसहित पानी र ग्यास निस्किएको हो।

    उक्त बोरिङ ३ सय मिटरजति खनेपछि एक्कासि विस्फोट भई लेदोसहित ग्यासको मुस्लो निस्किएको हो । आज विहान १० बजेदेखि अहिलेसम्म पनि पाइपबाट ग्यासको मुस्लो निस्किरहेको हो । 

    अहिले उक्त ठाउँमा ग्यासको जस्तो गन्ध फैलिएको छ। ग्यासको मुस्लो ३ तलामाथिसम्म पुगेको छ भने ग्यासबाट निस्किएको धुलोले त्यहाँ रहेको घरहरु धुलाम्मे भएका छन् । 


    सो घटनाको  वास्तविकता पत्ता लगाउनका लागि खानी तथा भूगर्भ विभागका अधिकारीहरूलाई बोलाइएको छ । प्रहरीले अहिले घटनास्थल वरपर सुरक्षा दिएर सर्वसाधारणलाई आवतजावतमा रोक लगाएको छ ।


    images
    images

    Logo