images
images

काठमाडौं महानगरपालिकाले ल्यायो नयाँ ३ वटा दमकल 


  • 426
    SHARES
  • २०७९ श्रावण ३ गते मंगलबार

    काठमाडौं महानगरपालिकाले ल्यायो नयाँ ३ वटा दमकल 

    काठमाडौं । काठमाडौं महानगरपालिकाले नयाँ ३ वटा दमकल ल्याएको छ । विद्यासुन्दर शाक्यको पालमा उक्त दमकलका लागि सम्झौता भएको थियो भने दमकल भने आज काठमाडौं आइपुगेको  हो । 

    काठमाडौं महानगरपालिकाले  करिब ८ करोड रुपैयाँ लगानीमा ३ वटा दमकल ल्याएको हो । उक्त दमकलमा ३ हजार लिटर पानी ट्याङकरको क्षमता भएको र ६० मिटरमाथिसम्म आगो निभाउन सक्ने क्षमता भएको महानगरले जनाएको छ । 

    सो दमकलको सहयोगले आगलागीको रोकथाम र क्षति कम गर्न सहयोग पुग्ने प्रमुख बालेन शाहको विश्वास रहेको छ ।


    images
    images

    Logo