काठमाडौं । नेपाल प्रेस युनियनको संस्थापक टीमबाट अध्यक्षको उम्मेदवारमा सहमति जुटको छ । संस्थापन टीमबाट उम्मेद्वार बन्ने तयारीमा रहेका अनिता विन्दु र सरोज अधिकारीबीच सहमति भएको हो ।
जसअनुसार विन्दु अध्यक्षको उम्मेद्वार बन्नेछिन् भने अधिकारी वरिष्ठ उपाध्यक्षका लागि चुनाव लड्नेछन् । प्रधानमन्त्री शेरबहादुर देउवा समेत विन्दुलाई उम्मेद्वार बनाउने पक्षमा देखिएपछि सराेज पछि हटेका हुन् ।
उता संस्थापन इतर टीमबाट शिव लम्साल उम्मेद्वार बन्ने सम्भावना प्रवल छ । अहिले दुवै पक्ष पदाधिकारीदेखि सदस्यसम्म सर्वसम्मत प्यानल बनाउने प्रयासमा छन् ।