images
images

सुस्त मनस्थितिकी बालिकालाई बलात्कार गरेको आरोपमा एक पक्राउ 


  • 494
    SHARES
  • २०७९ श्रावण ३ गते मंगलबार

    सुस्त मनस्थितिकी बालिकालाई बलात्कार गरेको आरोपमा एक पक्राउ 

    काठमाडौं । सिन्धुपाल्चोकका एक पुरुषलाई सुस्त मनस्थितिकी एक बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–५ हलेगाभा बस्ने ५६ वर्षीय डम्मर बहादुर भुजेल रहेका छन् ।  पधेरोटोल भन्ने स्थानको बाटोमा १२ वर्षीया एक बालिकालाई साउन १ गते बेलुका साढे ७ बजे जबरजस्ती करणी गरेको भन्ने जाहेरीका आधारमा भुजेललाई पक्राउ गरेको प्रहरीले जनाएको छ । 


    images
    images

    Logo