काठमाडौं । सोमबार बिहान काठमाडौँमा वर्षा भएको छ। जसकारण गर्मिको समयमा मानिसलाई हल्का राहत महसुस भएको छ।
हाल देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहेको छ। प्रदेश १, बागमती, गणडकी प्रदेशका थोरै स्थानहरूमा र कर्णाली प्रदेशका एक-दुई स्थानमा स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
मंगलबार भने मनसुन केही सक्रिय भएर देशका विभिन्न क्षेत्रमा वर्षा हुनसक्ने ठानिएको छ । विशेषगरी सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मंगलबार वर्षाको सम्भावना छ।
बुधबार देशका पहाडी भूभागका धेरै स्थान र अन्य भूभागका केही स्थानमा वर्षाको सम्भावना छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका केही स्थानमा भारी वर्षाको प्रक्षेपण महाशाखाले गरेको छ।
पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहाव जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवनर यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले सामान्य सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ ।



