काठमाडौं ।लागूऔषध सहित १ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला मकवानपुर थाँहा नगरपालिका वडा नं. ८ बस्ने ४० बर्षीय दुतराज थिङलाई प्रहरीले पक्राउ गरेको हो ।
नागढुङ्गा चेक प्वाईन्टमा प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा धादिङको हादेवबेशीदेखि काठमाण्डौ तर्फ आउँदै गरेको बा ३ ख ८५२३ नं. को यात्रु बाहक बसमा लागु औषध गाँजाको धुलो जस्तो देखिने पदार्थ ५ किलो सहीतको दशी प्रमाण फेला पारी थिङलाई पक्राउ गरेको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।