images
images

नेपाल आयल निगमलाई ७ अर्ब रुपैयाँ ऋण दिने मन्त्रिपरिषद्को निर्णय 


  • 340
    SHARES
  • २०७९ श्रावण १ गते आइतबार

    नेपाल आयल निगमलाई ७ अर्ब रुपैयाँ ऋण दिने मन्त्रिपरिषद्को निर्णय 

    काठमाडौं । सरकारले नेपाल आयल निगमलाई ७ अर्ब रुपैयाँ ऋण दिने निर्णय भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले १७ बटा निर्णय गरेको हो । ‘पेट्रोलियम पदार्थको मूल्य समायोजन भएका कारण नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसनलाई भुक्तानी दिन रकम अपुग भएकाले नेपाल सरकार, अर्थ मन्त्रालयले आयल निगमलाई ७ अर्ब रुपैयाँ ऋण लगानी गर्ने भएको छ । 

    यस्तै, सरकारले पेट्रोलियम पदार्थमा कर बापत मूल्य समायोजन भएको रकम ५९ करोड ८६ लाख ८० हजार रुपैयाँ अनुदानस्वरूप उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत आयल निगमलाई उपलब्ध गराउने निर्णय पनि गरेको छ ।

    यसका साथै राष्ट्रिय अनुसन्धान विभागका निर्देशक कुलदेव थापालाई अतिरिक्त मुख्य अनुसन्धान निर्देशकमा बढुवा गर्ने निर्णय गरेको छ ।   


    images
    images

    Logo