काठमाडौं । भरतपुर महानगरपालिका–२९ केराबारीमा ट्रक र स्कारपियो एकआपसमा ठोक्किँदा ७ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार नारायणगढबाट काठमाडौँतर्फ आउँदै गरेको ट्रकले शनिबार साँझ विपरीत दिशाबाट आउँदै गरेको स्कारपियोलाई ठक्कर दिँदा स्कारपियोमा सवार चालकसहित ७ घाइते भएका हुन् ।
घाइतेमध्ये तीनको अवस्था गम्भीर रहेको र सबैको चितवन मेडिकल कलेजमा उपचार भइरहेका प्रहरीले जनाएको छ ।