images
images

१० प्रकारका वस्तु आयातमा पूर्ण बन्देज, दशैंकेन्द्रित आयातमा अंकुश


  • 775
    SHARES
  • २०७९ श्रावण १ गते आइतबार

    १० प्रकारका वस्तु आयातमा पूर्ण बन्देज, दशैंकेन्द्रित आयातमा अंकुश

    काठमाडौं । सरकारले १० प्रकारका वस्तुको आयातमा पूर्ण बन्देज लगाएको छ । सरकारले शुक्रबार राजपत्रमा सूचना प्रकाशन गरेर भदौ १४ गतेसम्म यस्ता वस्तुहरुको आयातमा प्रतिबन्ध लगाएको हो । 

    यसरी रोक लगाइएका वस्तुहरुमा कुरकुरे, कुरमुरे, लेज जस्ता उत्पादनहरु, सबै प्रकारका तयारी मदिरा, चुरोट तथा सूर्तीजन्य पदार्थहरु, हिरा, स्मार्ट फोनहरु, ३२ इन्चभन्दा माथिका रंगीन टेलिभिजन, शववाहन र एम्बुलेन्स बाहेकका जीप कार भ्यान, १५० सीसी भन्दा माथिका मोटरसाइकल, खेलौना र तास रहेका छन् । 

    यस्तो प्रतिबन्ध कुटनीतिक नियोगका हकमा लागु नहुने तथा साउन १ भन्दा अघि नै पैठारीको प्रक्रिया पूरा गरेका १५० सीसीदेखि ३०० सीसीसम्मका मोटरसाइकल एवं ३०० देखि ६०० डलरसम्म मूल्य भएका मोबाइल सेट भने पैठारी गर्न दिइने सूचनामा उल्लेख गरिएको छ । 

    डेढ महिनाका लागि प्रतिबन्ध लागेसँगै दशैंका लागि केन्द्रित भएर यस्ता वस्तुको आयात गर्ने सम्भावना टरेको छ । भदौ १४ पछि पनि आयात खुल्ने निश्चित नभएको अवस्थामा यसले अग्रिम बुकिङलाई समेत प्रभाव पार्नेछ ।

    नेपालमा कुल आयातको झण्डै ४० प्रतिशत हिस्सा दशैं तिहारजस्ता चाडबाडमा हुने गरेको छ । विदेशी मुद्रा सञ्चितिमा चाप पर्दैजाँदा सरकारले लिएको आयात निरुत्साहन नीतिलाई चाडबाडसम्म धकेल्नको लागि सरकारले यस्तो व्यवस्था गरेको हो । 


    images
    images

    Logo