images
images

कुहिने र नकुहिने फोहोर संकलन गर्न छुट्टाछुट्टै दिन तोकियो 


  • 440
    SHARES
  • २०७९ आषाढ ३२ गते शनिबार

    कुहिने र नकुहिने फोहोर संकलन गर्न छुट्टाछुट्टै दिन तोकियो 

    काठमाडौं । काठमाडौँ महानगरपालिकाले कुहिने र नहुहिने फोहोर संकलनका लागि छुट्टाछुट्टै दिन तोकेको छ । महानगरको वातावरण तथा कृषि विभाग सूचना जारी गर्दै यस्तो दिन तोकेको हो । 

    जसअनुसार अब प्रत्येक आइतबार र बुधबार कुहिने फोहोर संकलन हुनेछ । सोमबार र बिहीबार भने नकुहिने फोहोर संकलन हुनेछ । महानगरले सकेसम्म फोहोरलाई आफैं पुनः प्रयोग गर्न आग्रह गरेको छ । 

    भोलिदेखि नछुट्टिएको फोहोर महानगरले उठाउने छैन । बरु नछुट्टिएको फोहोर लिएर आउनेलाई ५०० रुपैयाँ जरिवाना गर्ने महानगरले जनाएको छ ।


    images
    images

    Logo