images
images

 सङ्घीय संसदकाे दुवै सदनको बैठकबाट १३ विधेयक प्रमाणीकरण


  • 339
    SHARES
  • २०७९ आषाढ ३१ गते शुक्रबार

     सङ्घीय संसदकाे दुवै सदनको बैठकबाट १३ विधेयक प्रमाणीकरण

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएका विभित्र १३ विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम आज प्रमाणीकरण गरेकी छिन् ।

    आज प्रमाणीकरण भएका विधेयकको नाम यस प्रकारको छ :

    १.लोकसेवा आयोग सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक 
    २.आर्थिक वर्ष २०७९/८० को सेवा र कार्यको लागि सङ्घीय सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 
    ३. ऋण तथा जमानत ऐन, २०२५ लाई संशोधन गर्न बनेको विधेयक 
    ४. राष्ट्र ऋण उठाउने अधिकारको व्यवस्था गर्न बनेको विधेयक 
    ५ .नेपाल सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक 
    ६. तेजाब तथा अन्य घातक रासायनिक पदार्थको नियमनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 
    ७. यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्न बनेको विधेयक
    ८. फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक 
    ९. नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक 
    १०. सामाजिक सुरक्षा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक 
    ११. औषधि ऐन, २०३५ लाई संशोधन गर्न बनेको विधेयक 
    १२. स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक र
    १३. रेल्वे सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक रहेको छ ।


    images
    images

    Logo