images
images

एकैचोटी डेढ प्रतिशतले बढ्यो लगानी कोषको व्याज 


  • 395
    SHARES
  • २०७९ आषाढ ३१ गते शुक्रबार

    एकैचोटी डेढ प्रतिशतले बढ्यो  लगानी कोषको व्याज 

    काठमाडौं । नागरिक लगानी कोषले व्याजदर डेढ प्रतिशतले बढाएको छ । कोषको २०७९ साउन १ गते देखी लागु हुने कर्मचारी वचत बृद्धि स्वीकृत अवकाश कोषमा दिदै आएको ६.५  प्रतिशतले बृद्धि गरी ८ प्रतिशत व्याजदर पर्याएको हो यसकासाथै ८० प्रतिशत बिशेष ऋण सापटीको व्याजदर ९.५ प्रतिशत निर्धारण गरेको छ । 

    यस्तै,  आवास कर्जाको व्याजदर १० प्रतिशत, शैक्षिक कर्जामा १०, सवारी कर्जामा १०.५ र सरल कर्जामा १०.५ प्रतिशत, उपदान  कोष र लगानीकर्ता हिसाव योजनामा ७.५ प्रतिशत, नागरिक एकांक योजनामा ९ प्रतिशत व्याज रकम प्रदान गर्ने निर्णय गरेको छ ।  

    कोषले बीमा तर्फका सबै कार्यक्रमहरुमा वार्षिक ७.५ प्रतिशत व्याज प्रदान गर्ने निर्णय गरेको छ । कोषले वीमा कार्यक्रम अन्तर्गत निजामती, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी बल, सामुदायिक बिद्यालयको शिक्षक सहितका राष्ट्रसेवक कर्मचारीहरुको कार्यक्रम संचालनका लागि बीमा शुल्क संकलनको कार्य गर्दे आएको छ । 

    राष्ट्र सेवक कर्मचारीहरुबाट आगमी बर्षको लागि आवश्यक पर्ने वीमा शुल्क कोषमा मौज्दात वा संकलन भएको अवस्थामा सम्बन्धित राष्ट्रसेवक कर्मचारीको बीमा राष्ट्रिय वीमा संस्थानमा गरिदिने व्यवस्था कोषले गरेको छ । 

     


    images
    images

    Logo