राजविराज । सप्तरीको डाक्नेश्वरी नगरपालिका कटीमा आज कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा डाक्नेशवरी नगरपालिका ८ कटी बस्ने ५५ बर्षीया जीरादेवी मण्डल रहेको प्रहरी नायव उपरिक्षक माधव प्रसाद काफलेले बताए ।
सोही ठाउँका राजेश शर्मा र गनेश शर्माले जीरादेवीलाई कुटपिट गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानिय मनोज मण्डल साइकलमा खाद्य लिएर आफनो घरतर्फ आउदै गरेको अवस्थामा राजेश र गनेशको आफन्त पर्ने एक जना बालकलाई साइकलले ठक्कर दिएको भन्दै बिवाद भएको थियो ।
सोही बिवादको क्रममा राजेश र गनेश सहित गाउँका अन्य ब्यक्तिहरुले मनोजलाई कुटपिट गर्न थालेपछि छोरा मनोजलाई बचामउने क्रममा जीरादेवी देवी मण्डलको उनीहरुको कुटपिटबाट मृत्यु भएको उनको बुहारी अमरी देवी मण्डलले जनाकारी दिए । मनोज भने मृतक जीरादेवीका छोरा हुन । शव परिक्षण्का लागि राजविराजस्थित गजेन्द्र नारायण सिँह अस्पतालमा पठाइएको छ ।
यता कुटपिटमा संगलन रहेकाको ब्यक्ति फरार रहेको र उनीहरुको तीव्ररुपमा खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।



