काठमाडौं । आज सुनको मुल्य एकैदिन ८ सय रुपैयाँले घटेको छ । शुक्रबार छापावाला सुनको मुल्य प्रतितोला ९३ हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
विहीबार प्रतितोला ९४ हजार ६ सय रुपैयाँले कारोबार भएको सुनको मुल्यमा आज ८ सय रुपैयाँले घटेर प्रतितोला ९३ हजार ८ सय रुपैयाँले महासंघले जनाएको छ ।
त्यस्तै, तेजाबी सुन मुल्य प्रतितोला ९३ हजार ३ सय रुपैयाँले कारोवार भएको छ भने चाँदीको मुल्य प्रतितोला १ हजार १ सय ४५ रुपैयाँले कारोवार भएको महासंघले जनाएको छ ।