images
images

लुम्बिनी प्राविधिक विश्वविद्यालयले माग्यो उपकुलपतिका लागि आवेदन


  • 318
    SHARES
  • २०७९ आषाढ ३१ गते शुक्रबार

    लुम्बिनी प्राविधिक विश्वविद्यालयले माग्यो उपकुलपतिका लागि आवेदन

    काठमाडौं । लुम्बिनी प्राविधिक विश्वविद्यालयको उपकुलपति पदका लागि आवेदन माग गरेको छ ।शुक्रवार सुचना जारी गर्दै विश्वविद्यालयले आवेदन माग गरेको हो । 

    लुम्बिनी प्रदेशको शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्रालयले इच्छुक व्यक्तिले ७ दिनभित्र निवेदन दिन आह्वान  गरेको छ   ।

    निवेदन दिँदा मान्यताप्राप्त विश्वविद्यालयबाट प्राप्त गरेको विद्यावारिधिको उपाधिसहित शैक्षिक योग्यताको प्रमाणपत्रहरूको प्रतिलिपि, कम्तीमा १५ वर्ष विश्वविद्यालय तहमा प्राध्यापन वा अनुसन्धान कार्य गरी प्राध्यापकको उपाधि हासिल गरेको प्रमाणहरूको प्रतिलिपिलगायत कागजात तथा विवरण पेस गर्नुपर्ने मन्त्रालयले जनाइएको छ ।

    lumbini.webp


    images
    images

    Logo