काठमाडौं । नेपाल प्रहरीका १ सय जना प्रहरी सहायक निरीक्षक (असई) प्रहरी नायब निरीक्षक (सई) मा बढुवा सिफारिस भएका छन् । विहीबार बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फ ८७ जना र प्राविधिक प्रहरी समूहतर्फका १३ जना गरि १ सय असईलाई सईमा बढुवाका लागि सिफारिस गरेको हो ।
बढुवा सिफारिस उपर चित्त नवुझ्ने नेपाल प्रहरीका सहायक निरीक्षक ऐ. बमोजिम बढीमा ७ दिन भित्र बढुवा उपरको उजुरी सुन्ने समिति समक्ष उजुरी दिन सक्नेछन् ।
