images
images

राजस्व नबुझाउने १३ व्यावसायिक फर्मको बैंक खाता रोक्का


  • 402
    SHARES
  • २०७९ आषाढ ३० गते बिहीबार

    राजस्व नबुझाउने १३ व्यावसायिक फर्मको बैंक खाता रोक्का

    काठमाडौं । हेटौँडास्थित आन्तरिक राजस्व कार्यालयले लामो समयदेखि तोकिएको राजस्व दाखिला नगर्ने मकवानपुर जिल्लाका १३ व्यवसायिक फर्मको बैंक खाता रोक्का गरी कारबाही गरिएको जनाएको छ ।

    लिखित तथा मौखिकरुपमा पटक–पटक राजस्व दाखिला गर्नका लागि ताकेता गर्दासमेत अटेर गरेपछि सम्बन्धित करदाता र व्यावसायिक फर्मको बैंक खाता रोक्का गरी कानुनी कारबाही अगाडि बढाइएको कार्यालय प्रमुख मोहलाल जिसीले जानकरी दिए ।
     
    यसरी बैंक खाता रोक्का गरिएकामध्ये आयकर वक्यौतातर्फ सातवटा व्यावसायिक फर्म र मूल्य अभिवृद्धिकर वक्यौता तर्फका छ वटा  व्यावसायिक फर्म रहेको उहाँले बताउनुभयो । कारबाहीमा परेका र राजस्व नबुझाएकासम्मले बैकिङ कारोबार गर्न नपाउने उक्त कार्यालयले जनाएको छ ।  यसैगरी चालु आर्थिक वर्ष २०७८/७९मा तोकिएको लक्ष्यभन्दा अत्यधिक राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।  प्रमुख जिसीका अनुसार कार्यालयको विभिन्न शीर्षकमा ५ अर्ब ७० करोड ८ लाख ५२ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा ६ अर्ब ४ करोड ७८ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ । अर्थात तोकिएको भन्दा १ सय छ प्रतिशत अत्यधिक राजस्व सङ्कलन सो कार्यालयले गरेको छ । 

    कार्यालयबाट प्राप्त विवरणअनुसार चालु आर्थिक वर्षको साउन महिनादेखि असार ३० गते सम्ममा आय करतर्फ १ अर्ब ११ करोड ४२ लाख ७३ हजार रुपैयाँ, घरबहाल करतर्फ २ करोड ७६ लाख ७२ हजार रुपैयाँ ,ब्याजकरतर्फ ५ करोड  ६ लाख ४२ हजार रुपैयाँ, मूल्यअभिवृद्धि करतर्फ ९९ करोड ३६ लाख ९७ हजार रुपैयाँ, अन्तशुल्क करतर्फ  ३ अर्ब २४ करोड ७१ लाख ८८ हजार रुपैयाँ र स्वास्थ्य करतर्फ ६१ करोड ४३ लाख १० हजार रुपैयाँ राजस्व सङ्कलन भएको जनाइएको छ ।

    सो अवधिमा कार्यालयको आयखकरतर्फ १ अर्ब १२ करोड ९४ लाख ११ हजार रुपैयाँ, घरबहाल करतर्फ ३ करोड ५३ लाख ७८ हजार रुपैयाँ, ब्याज करतर्फ ६ करोड ४० लाख रुपैयाँ, मूल्यअभिवृद्धि करतर्फ १ अर्ब ३३ करोड ४२ लाख रुपैयाँ, अन्तशुल्क करतर्फ २ अर्ब ९८  करोड ८६ लाख ३६ हजार रुपैयाँ र स्वास्थ्य करतर्फ १४ करोड ९२ लाख रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेको बताइएको थियो ।


    images
    images

    Logo