images
images

शेयर बजारमा उत्साह, नेप्से ७४ अंकले बढेर २ हजारको विन्दुमा उक्लियो


  • 348
    SHARES
  • २०७९ आषाढ १६ गते बिहीबार

    शेयर बजारमा उत्साह, नेप्से ७४ अंकले बढेर २ हजारको विन्दुमा उक्लियो

    काठमाडौं । आज शेयर बजारमा बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७४.९३ अंकले बढेर २ हजार २७ दशमलव ६४ विन्दुमा पुगेको छ । आज कारोवारमा आएका २ सय २७ कम्पनीको २ अर्ब ४५ करोड रुपैयाँ बराबरको ७२ लाख ५४ हजार कित्ता शेयर किनबेच भएको छ । आज नेप्से बढेसगैँ कारोवार पनि बढेको हो । विहीबार कारोवारमा आएका सवै उपसुचकहरुमा हरियाली छाएको छ । 

    यो साता आइतबारको उच्च अंकको वृद्धिपछि दुई दिन घटेको बजारमा लगातार दुई दिन वृद्धि देखिएको छ। आज शिवम् सिमेन्टको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको ९ करोड ९५ लाख २० हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको हो ।

    त्यस्तै, आज हिमालयन डिस्टलरीको ७ करोड ९७ लाख ६८ हजार रुपैयाँ, एशियन लाइफ इन्स्योरेन्स ५ करोड ९९ लाख ३० हजार रुपैयाँ, अरुण काबेली पावरको ५ करोड ८३ लाख ८९ हजार रुपैयाँ र लाइफ इन्स्योरेन्स कर्पोरेशनको ५ करोड ६९ लाख ३९ हजार रुपैयाँ कारोबार भएको छ ।

    विहीबार ३ कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लागे कम्पनीमा नेपाल फाइनान्स, मैलुङ खोला जलविद्युत र न्यादी हाइड्रोपावर रहेका छन् । 

     

     


    images
    images

    Logo