काठमाडौं । विपिडव्लु लघुवित्तको आईपीओ धितोपत्र बोर्ड (सेबोन)को पाइपलाइनमा रहेको छ । कम्पनीले ९७ लाख रुपैयाँ बराबरको ९७ हजार कित्ता आईपीओ निष्काशन गर्नेका लागि असार ८ गते बोर्डमा निवेदन दिएको हो । सेयर निष्काशन तथा बिक्रि प्रबन्धकको लागि बिपीडब्लुले मेगा क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ।
सेबोनको स्वीकृती पाएपछि सो कम्पनीको आईपीओको थप प्रक्रिया अगाडी बढ्ने छ ।