images
images

सयपत्री हाइड्रोपावरको आईपीओमा आवेदन दिने समय थपियो


  • 394
    SHARES
  • २०७९ आषाढ १६ गते बिहीबार

    सयपत्री हाइड्रोपावरको आईपीओमा आवेदन दिने समय थपियो

    काठमाडौं । सयपत्री हाइड्रोपावरको आईपीओमा आवेदन दिने समय थपिएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको आईपीओमा माग बमोजिम पर्याप्त आवेदन नपरेकाले समय थप गरिएको हो । 

    अब कम्पनीको आईपीओमा असार २४ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता साधारण शेयर निष्काशन गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात बाग्लुङ्ग जिल्ला ताराखोला गाउँपालिका र गल्कोट नगरपालिकामा स्थायी बसोबास गर्ने बासिन्दाहरुका लागि  निष्काशन गरेको हो।

     उक्त शेयरमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा ३० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। 

    कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।


    images
    images

    Logo