images
images

नेप्से ४१ अंकले बढ्यो, १ अर्ब ४३ करोडको कारोबार हुँदा सबै उपसूचक हरियाली


  • 360
    SHARES
  • २०७९ आषाढ १५ गते बुधबार

    नेप्से ४१ अंकले बढ्यो, १ अर्ब ४३ करोडको कारोबार हुँदा सबै उपसूचक हरियाली

    काठमाडौं । आज शेयर बजार बढेको छ । आज शेयर बजार नेप्से परिसूचक ४१.३९ अंकले बढेर १ हजार ९ सय ६२ दशमलव ७१ को विन्दुमा पुगेको छ । आज १ सय ८१ कम्पनीको शेयर मुल्य बढेको छ भने ९ कम्पनीको शेयर मुल्य घटेको छ ।

    बुधबार कारोवारमा आएका २ सय २८ कम्पनीको १ अर्ब ४३ करोड रुपैयाँ बराबर  ४३ लाख ८६ हजार कित्ता शेयर किनबेच भएको छ । आज सबैभन्दा धेरै ङादी हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको ५ करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    त्यस्तै, एशियन लाइफ इन्स्योरेन्स कम्पनीको ५ करोड २५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमाको ४ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण भ्याली हाइड्रोपावरको ४ करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज सबैभन्दा धेरै आँधिखोला लघुवित्त भएको छ ।  कम्पनीका १० प्रतिशतले बढेको हो । त्यस्तै,  सिवाइसी नेपाल लघुवित्तको ९.९९ प्रतिशतका बढेको छ ।  


    images
    images

    Logo