images
images

मन्दाकिनी हाइड्रोपावरकोे आईपीओमा आवेदन दिने समय थपियो


  • 354
    SHARES
  • २०७९ आषाढ १५ गते बुधबार

    मन्दाकिनी हाइड्रोपावरकोे आईपीओमा आवेदन दिने समय थपियो

    काठमाडौं । मन्दाकिनी हाइड्रोपावरकोे आईपीओमा आवेदन दिने समय थप गरिएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका लागि ५ लाख ८८ हजार कित्ता आईपीओ जारी गरेको थियो । 

    उक्त आईपीओमा माग बमोजिम आवेदन नपरेकाले समय थप गरिएको हो । अब सो आईपीओमा असार २२ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

    कम्पनीले जारी गर्ने शेयरमा आयोजना प्रभावित क्षेत्र अर्थात कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नं.२, ३, ४ र ६ (साविककको सार्दिखोला गा.वि.स, घाचोक गाविस, गाहाचोक गाविस र धिताल गाविस) का बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।


    आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट रहेको छ। न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको छ ।


    images
    images

    Logo