images
images

हिमालयन हाइड्रोपावरको आईपीओ आजदेखि


  • 469
    SHARES
  • २०७९ आषाढ १५ गते बुधबार

    हिमालयन हाइड्रोपावरको आईपीओ आजदेखि

    काठमाडाैं । हिमालयन हाइड्रोपावरको आईपीओ आजदेखि खुल्दैछ। कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

    कम्पनीले ९ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेकोमा २ लाख ८१ हजार ७ सय ५० कित्ता मात्र बाँडफाँट भएकोले बाँकी ६ लाख १८ हजार २ सय ५० कित्तासहित गरी कुल १९ लाख ६८ हजार २ सय ५० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो। 

    निष्काशन गरिने कुल शेयरमध्ये  ३९ हजार ३ सय ६५ कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको छ भने ९८ हजार ४ सय १३ कित्ता शेयर सामूहिक लगानी कोषमा बाँडफाँट गरि बाँकी रहेको १८ लाख ३० हजार ४ सय ७२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

    यस्तो निष्काशन बन्द छिटोमा असार १९ गते हुनेछ भने ढिलोमा असार २९ गते हुनेछ। उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

    कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। 


    images
    images

    Logo