काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.८२ अंकले घटेर १ हजार ९ सय २१ दशमलव ३१ विन्दुमा पुगेको छ । आज कारोवारमा आएका २ सय ३० कम्पनीको १ अर्ब ५ करोड रुपैयाँ बराबरको ३० लाख ३७ हजार कित्ता शेयर किनबेच भएको छ । आज कारोवार रकममा भने भारी गिरावट भएको छ । हिजो करिव २ अर्ब मार्थिक कारोवार भएकामा आज १ अर्ब ५ करोडमा सिमित भएको छ ।
आज कारोवारमा आएका बैंकिङ र जीवन बिमा बाहेक सवै कम्पनीको उपसुचक राताम्मे भएको छन् ।
मंगलबार ३७ कम्पनीको शेयर मुल्य बढेको छ भने १ सय ४६ कम्पनीको शेयर मुल्य घटेको छ । आज सवैभन्दा बढी एशियन लाइफ इस्योरेन्सको कारोवार भएको छ । यस कम्पनीको ७ करोड १३ लाख रुपैयाँ बराबरको शेयर कारोवार भएको छ । त्यस्तै, एलआइसी नेपालको ५ करोड ४३ लाख रुपैयाँ बरारबको शेयर कारोवार भएको छ ।
आज सीवाईसी नेपाल लघुवित्तको शेयर मुल्यमा सर्किट लागेको छ ।



