काठमाडौं । नेप्सेमा ३ कम्पनीको बोनस शेयर सुचीकृत भएको छ । मंगलवार समिट लघुवित्त, जनउत्थान सामुदायिक लघुवित्त र एभरेष्ट इन्स्योरेन्सकाे बोनस शेयर नेप्सेमा सुचीकृत भएको हो ।
समिट लघुवित्तको २५.२८५४ प्रतिशत बोनस शेयर वापतको ९ लाख ९७ हजार कित्ता शेयर सुचीकृत भएको छ । जनउत्थान सामुदायिक लघुवित्तको २५ प्रतिशत बोनस शेयर वापत २ लाख ९५ हजार कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । त्यस्तै, एभरेष्ट इन्स्योरेन्सको ६ प्रतिशत बनेनस शेयर वापत ७ लाख १० हजार कित्ता शेयर नेप्सेमा सुचीकृत भएको छ ।
सुचीकरणसँगै यी ३ कम्पनीको शेयर दोस्रो कारोबारको लागि योग्य भएको छ ।