images
images

नेपाल एसबिआई बैंकको  ऋणपत्र असार २२ गतेदेखि


  • 391
    SHARES
  • २०७९ आषाढ १४ गते मंगलबार

    नेपाल एसबिआई बैंकको  ऋणपत्र असार २२ गतेदेखि

    काठमाडौं । नेपाल एसबिआई बैंकले असार २२ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ। बैंकले  वार्षिक १०.२५ प्रतिशत ब्याजदरमा सो ऋणपत्र निष्काशन गर्ने लागेको हो । 

    बैंकले ‘नेपाल एसबिआई बैंक ऋणपत्र २०८३’ निष्काशन तथा बिक्री खुला गर्न लागेको छ। सो ऋणपत्रको अवधि ५ वर्ष रहनेछ।

    बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको छ। सोमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ भने बाँकी १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ। सो ऋणपत्रमा कुनै पनि सामूहिक लगानी कोषले आवेदन दिएका छैनन्।

    सो ऋणपत्र खरिदका लागि छिटोमा असार २६ गतेसम्म र ढिलोमा साउन ४ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १२ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।


    images
    images

    Logo