images
images

धितोपत्र कारोबार सञ्चालन तेस्रो संशोधन नियमावली-२०७९

डिम्याट र मेरो शेयरजस्तै अब ब्राेकरलाई पनि वार्षिक शुल्क तिर्नुपर्ने


  • 363
    SHARES
  • २०७९ आषाढ १३ गते सोमबार

    डिम्याट र मेरो शेयरजस्तै अब ब्राेकरलाई पनि वार्षिक शुल्क तिर्नुपर्ने

    काठमाडौं । नेपाल स्टक एक्सचेन्जले धितोपत्र कारोबार सञ्चालन तेस्रो संशोधन नियमावली-२०७९ जारी गरेको छ । नेप्सेको अघिल्लो साता बसेको सञ्चालक समितिको बैंठकले उक्त विनियमावली स्वीकृत गरेको हो ।

    उक्त विनियमावलीमा ब्रोकरले आफ्नै टीएमएस राख्न बाटो खुलाएको छ । नेप्सेको सञ्चालक समितिले असार २ गते संशोधित विनियमावली र कार्यविधि दुवैलाईसँँगै स्वीकृती गरेको थियो । 

    अब आफ्नै टीएमएस चलाउन नेप्सेसँग सैद्धान्तिक सहमति लिए पुग्छ। ब्रोकरले ३० दिनभित्र नेप्सेको टीएमएस चलाउने, आफैंले प्रणाली विकास गर्ने वा कसैसँग खरिद गरेर ल्याएर प्रयोगमा ल्याउन पाउने बारे जानकारी दिनुपर्नेछ। 

    टीएमएस सेवा प्रदान गरेबापत अब उप्रान्त ब्रोकर कम्पनीहरुले प्रत्येक ग्राहकबाट वार्षिक सेवा शुल्क पनि उठाउन पाउने व्यवस्थासमेत उल्लेख गरिएको छ। वार्षिक बढीमा एक सय रुपैयाँका दरले सेवा शुल्क लिन पाइनेछ।
     
    विनियमावली अनुसार व्यवस्थापन प्रणाली स्वदेशी अथवा अन्तर्राष्ट्रिय स्तरको कुनै एक स्टक एक्सचेन्जमा आबद्ध हुनुपर्ने व्यवस्था समेत उल्लेख गरिएको छ।

     


    images
    images

    Logo