काठमाडौं । शेयर बजारमा भएको हरियाली एक दिन पनि टिकन सकेन । साताको दोसो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २३.८५ अंकले घटेर १ हजार ९ सय ३३ दशमलव १३ विन्दुमा पुगेको छ । आइतबार ९४ अंकले बढेको शेयर बजार सोमबार फेरी गिरावट आएको हो ।
सोमबार कारोवारमा आएका २ सय २९ वटा कम्पनीको २ अर्ब ४ करोड रुपैयाँ बराबरको ५६ लाख ४१ हजार कित्ता कित्ता शेयर किनबेच भएको छ । आज २४ कम्पनीको शेयर मुल्य बढेको छ भने १ सय ६८ कम्पनीको शेयर मुल्यमा गिरावट आएको छ । आज जीवन बीमा उपसूचक र इन्भेष्टमेन्ट बाहेक सबै उपसूचक घटेका छन् ।
आज सबैभन्दा धेरै नागरिक लगानीकोषको शेयर कारोबार भएको छ । कम्पनीको १५ करोड ६५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, हिमालयन डिष्टिलरीको ९ करोड ७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एलआइसी नेपालको ८ करोड २ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको ७ करोड १४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै सिवाइसी नेपाल लघुवित्त वित्तीयको ९.९९ प्रतिशतले बढेको छ । भने एलआइसी नेपालको ९.१५ प्रतिशतले बढेको छ ।



