images
images

आर्दश लघुवित्तको आईपीओ बाँडफाँट, ५ जनाले पाए ११ कित्ता शेयर


  • 322
    SHARES
  • २०७९ आषाढ १३ गते सोमबार

    आर्दश लघुवित्तको आईपीओ बाँडफाँट, ५ जनाले पाए ११ कित्ता शेयर

    काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। लघुवित्तको बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केटको कार्यालयमा बिहान ९ बजे  शेयर बाँडफाँट भएको हो।

    यसमा गोलाप्रथामार्फत कुल ६ हजार २ सय ६१ जना सर्वसाधारण लगानीकर्ताहरुले मात्र सेयर पाएका छन् । जसमध्ये ५ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका छन् । यो आइपीओमा १६ लाख ७४ हजार ६ सय ५२ जनाले आवेदन दिएकामा १ हजार ८ सय ५८ जनाको आवेदन रद्द भएको बिक्री बीओके क्यापिटलले जानकारी गराएको छ ।
     
    आदर्शले असार १ गतेदेखि ५ गतेसम्म ६७ लाख रुपैयाँ बराबरको ६७ हजार कित्ता आइपीओ जारी गरेको थियो ।


    images
    images

    Logo