काठमाडौं । रसुवागढी हाइड्रो पावरको आईपीओ आजदेखि खुल्दैछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका लागि कुल ६८ लाख ४२ हजार कित्ता शेयर विक्री गर्न लागेको हो ।
कम्पनीले जारी गर्न लागेको कुल शेयरमध्ये आयोजना प्रभावित क्षेत्र रसुवा जिल्लाको अति प्रभावित गोसाइकुण्ड गाँउपालिको वडा नं. १ र २ टिमुरे, प्रसारण लाइनबाट प्रभावित हुने आमाछोदीङगो गाउँपालिको वडा नं. ४ गोल्जुङ र वडा नं. ५ चिलिमे र बाँकी गोसाइकुण्ड गाँउपालिको वडा नं. ३, ४, ५, र ६ साथै सामान्य प्रभावित बाँकी जिल्लाबासीहरुलाई आईपीओ निष्काशन गर्ने लागेको हो ।
उक्त आईपीओमा न्युनतम १०० कित्ता र अधिकत्म ७०० सय कित्ता आवेदन दिन सकिनेछ । सो कम्पनीको आईपीओको निष्काशन तथा विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ । सो आईपीओमा छिटोमा असार २७ गते र ढिलोमा साउन १० गते बन्द हुने कम्पनीले जनाएको छ ।



