काठमाडाैं । एसवाई प्यानल नेपाल लिमिटेडले सर्वसाधारणलाई आईपीओ जारी गर्ने भएको छ । कम्पनीले हाल कायम जारी पूँजीको ४० प्रतिशत शेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो ।
कम्पनीले उक्त आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त गरेको छ । सो नियुक्ति सम्बन्धी सम्झौता आइतबार सम्पन्न भएको छ । सम्झौतामा एसवाई प्यानल नेपाल लिमिटेडका तर्फबाट कम्पनीका प्रबन्ध संचालक चोई डोङ्गिल तथा प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीेले हस्ताक्षर गरेका छन् ।
सो कम्पनी २०७४ असार २० गते स्थापना भएको एसवाई प्यानल नेपाल कोरियाली प्रविधि भएको कोरियाली गुणस्तर चिन्ह प्राप्त एसवाइ कम्पनी लिमिटेड कोरियाको लगानी भएको कम्पनी हो । यसको प्रधान कार्यालय काठमाण्डौ तीनकुनेमा रहेको छ ।
कम्पनीले चितवन जिल्लाको रत्ननगर नगरपालिका वडा नं. १४, पिठुवामा फ्याक्ट्री स्थापना गरी भवन निर्माण सम्बन्धी अत्यावश्यक पर्ने विभिन्न सामाग्रीहरु जस्तै स्याण्डबीच प्यानेल अन्तरगत एफआर ३ रेटिङ्ग भएको ईपीएस प्यानल, यूपीभीसी को झ्याल तथा ढोका, स्टिल ढोका, एबीसी ढोका, कोल्डस्टोर तथा ह्याचरी बनाउँदा आवश्यक पर्ने पफ प्यानल र कोल्डस्टोरमा आवश्यक हुने स्टिल पफ ढोका तथा प्रिफ्याब घरलाई पूर्णरुपमा दिन आवश्यक पर्ने अन्य सामाग्री उत्पादन तथा बिक्री वितरण गर्ने कम्पनीले जनाएको छ ।



