काठमाडौं । नेपाल एसबीआई बैंकले ऋणपत्र निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति पाएको छ । बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न अनुमति दिएको हो । सेबोनले असार ९ गते ऋणपत्र निष्कासन गर्न अनुमति दिएको छ ।
बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा ३० लाख इकाई ऋणपत्र बिक्री गर्न अनुमति दिएको हो । यसमध्ये १२ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी १८ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।
यस ऋणपत्रमा वार्षिक ९.२५ प्रतिशत ब्याजदर पाइनेछ । बैंकले ५ वर्ष अवधिको एसबीआई बैंक डिबेन्चर २०८३’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । बिक्री प्रबन्धकमा सानिमा क्यपिटल लिमिटेड रहेको छ।