images
images

वीरगञ्ज महानगरद्वारा ३ अर्ब ३३ करोड बराबरकाे बजेट विनियोजन


  • 402
    SHARES
  • २०७९ आषाढ १० गते शुक्रबार

    वीरगञ्ज महानगरद्वारा ३ अर्ब ३३ करोड बराबरकाे बजेट विनियोजन

    काठमाडौं । वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ३ अर्ब ३३ करोड ६३ लाख २६ हजार रुपैयाँको बजेट बिनियोजन गरेको छ । 

    वीरगञ्ज महानगरपालिकाको नगर सभाको ११ औं अधिवेशनमा उप प्रमुख ईम्तियाज आलमले बजेट प्रस्तुत गरेका थिए । उक्त बजेटमा  चालुतर्फ २ अर्ब ६ करोड ९८ लाख ५० हजार अर्थात ६२.०४ प्रतिशत र पूँजीगततर्फ १ अर्ब २६ करोड ६४ लाख ७५ हजार रुपैयाँ छुटाएको छ । 

    महानगरले आन्तरिक आयबाट ९५ करोड रुपैयाँ, संघीय सरकारको वित्तीय समानीकरण अनुदान, राजश्व बाँडफाँड, समपुरक, सशर्त र विशेष अनुदान समेतबाट  १ अर्ब ७० करोड ६२ लाख ५८ हजार र मधेस प्रदेश सरकारबाट वित्तिय समानीकरण अनुदान, राजश्व बाँडफाँड, समपुरक, सशर्त र विशेष अनुदान समेत  ७ करोड ९८ लाख २४ हजार रुपैयाँ पाउने भएको छ । 


    images
    images

    Logo