हेटौंडा । बागमतीप्रदेश सरकारले हेटौंडा–काठमाडौं आवागमन सहजबनाउन भीमफेदी–कोगटे–ईपा–सिस्नेरी सडकलाई वैकल्पिकमार्गका रूपमा सञ्चालनमा ल्याउने प्रक्रिया अघि बढाएको छ ।
पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिरमा पहिरोका कारण यातायात प्रभावित भएपछि वैकल्पिक सडकको आवश्यकता बढेसँगै प्रदेश सरकारले उक्त सडकको आवश्यक मर्मत तथा स्तरोन्नति गरी सञ्चालनमा ल्याउने तयारी गरेको हो ।
मुख्यमन्त्री किरण थापा मगरले मुख्य राजमार्गमा पटकपटक देखिने अवरोधका कारण हेटौंडा–काठमाडौं आवतजावत प्रभावित हुने समस्या न्यूनीकरण गर्न वैकल्पिक सडकलाई प्राथमिकतामा राखिएको जानकारी दिए ।
मुख्यमन्त्री थापा, भौतिक पूर्वाधार विकासमन्त्री भरतबहादुर केसी, मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहट्ठा र भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदमलामासहितको टोलीले बिहीबार भीमफेदी–कोगटे–ईपा–सिस्नेरी सडकखण्डको स्थलगत निरीक्षण गरेको थियो ।
मुख्यमन्त्री थापाकाअनुसार उक्त सडकको मर्मत तथा स्तरोन्नतिका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमै बजेट विनियोजन गरेको छ । सडकको अवस्था हेरेर तत्काल आवश्यक मर्मतको काम अघि बढाइ सवारी आवागमन योग्यबनाउने प्रदेश सरकारको तयारी रहेको उनले बताए ।
उक्त सडक सञ्चालनमा आएपछि हेटौंडा–काठमाडौं आवागमनका लागि थप विकल्प उपलब्ध हुने तथा पृथ्वी राजमार्गलगायतका मुख्य सडक अवरुद्ध भएका बेलायात्रु तथा सवारी साधनलाई वैकल्पिक मार्गबाट गन्तव्यतर्फ पठाउन सहजहुने अपेक्षा गरिएको छ ।



