images
images

३५ अर्बको विकास ऋणपत्र नेप्सेमा सुचीकृत 


  • 352
    SHARES
  • २०७९ आषाढ १० गते शुक्रबार

    ३५ अर्बको विकास ऋणपत्र नेप्सेमा सुचीकृत 

    काठमाडौं । ३५ अर्बको विकास ऋणपत्र नेप्सेमा सुचीकृत भएको छ । शुक्रबार नेपाल राष्ट्र बैंकद्धारा निष्काशन भएको २०८१“ङ”, २०८१ “च” र २०८३ “छ” को विकास ऋणपत्र नेप्सेमा सुचीकृत भएको हो । 

    २०८१“ङ”, को २ बर्ष अवधिको लागि ९.१४ प्रतिशत व्याजदर अर्थात् १० अर्ब विकास ऋणपत्र नेप्सेमा सुचीकृत भएको छ । २०८१ “च” को बर्ष अवधिको लागि ९.१३ प्रतिशत व्याजदर अर्थात् १० अर्ब विकास ऋणपत्र नेप्सेमा सुचीकृत भएको छ । 

    त्यस्तै,  २०८३ “छ” को ४ बर्ष अवधिको लागि ९.२० प्रतिशत व्याजदर अर्थात् १५ अर्ब विकास ऋणपत्र नेप्सेमा सुचीकृत भएको छ । राष्ट्र बैंकले २०८१ “ङ” नामक विकास ऋणपत्र वार्षिक ९.१४  प्रतिशतको ब्याजदरमा  २०७९ जेठ ६ गते निष्काशन गरेको थियो । यसको साँवा भुक्तानी २०८१ जेठ ६  गते हुनेछ । २०८१ “च” नामक विकास ऋणपत्रको वार्षिक ९.१३ प्रतिशत ब्याजदरमा २०७९ जेठ १३ गते निष्काशन भएको थियो । यस ऋणपत्रको साँवा भुक्तानी २०८१ जेठ १३ गने हुनेछ ।

    त्यस्तै,  २०८३ “छ” नामक विकास ऋणपत्रको वार्षिक ९.२० प्रतिशत ब्याजदरमा २०७९ जेठ २५ गते निष्काशन भएको थियो । यस ऋणपत्रको साँवा भुक्तानी २०८३ जेठ २५ गने हुनेछ ।

     


    images
    images

    Logo