१० दिनपछि तोडे कोइरालाले अनसन, १९ बुँदे माग कार्यान्वयन गर्ने सहमति
416
SHARES
२०७९ आषाढ १० गते शुक्रबार
काठमाडौं । असार १ गतेदेखि आमरण अनसन बस्दै आएका तिलक कोइरालाले आजबाट अनसन तोडेका छन् । लगानीकर्ताले उठाएका माग सम्बोधन गर्न धितोपत्र बोर्ड तयार भएपछि कोइरालाले अनसन तोड्न लागेका हुन् ।
१९ बुँदे मागसहित १० दिनदेखि अनसन बस्दै आएका कोइरालाले आज नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालको हातबाट जुस पिएर अनसन तोडेका छन्। लगानीकर्ताले सेयर कर्जामा ४र१२ को नीति हट्नु पर्ने लगायत १९ बुँदे माग गरेका थिए ।
कोइलालाले यसअघि पनि दुईपटक आमरण अनसन बसिसकेका छन् ।