images
images

काेइरालाले अनशन ताेडेपछि शेयर बजारमा हरियाली


  • 351
    SHARES
  • २०७९ आषाढ १० गते शुक्रबार

    काेइरालाले अनशन ताेडेपछि  शेयर बजारमा हरियाली

    काठमाडौं । शेयर बजारमा आज सामान्य सुधार आएको छ  । पूँजी बजारको सुधारका लागि १९ बुँदे माग राख्दै विगत १० दिनदेखि शेयर लगानीकर्ता तिलक कोईराला  असन बसेका थिए । बोर्डले आज उनको १९ बुँदे मागलाई सम्बोधन गर्दै समिति गठन गरेसँगै कोइरालाले अनसन तोडेका छन् । 

    नेपाल स्टक एक्सेचञ्ज (नेप्से) १३.७८ अंकले बढेर १ हजार ८ सय ६२ दशमलव ०६ विन्दुमा कायम भएको छ । आज बजार बढेसगैँ सुधारको बाटो देखिएको छ । २ सय २३ कम्पनीको १ अर्ब १५ करोड रुपैयाँ ३ लाख ५४ हजार कित्ता शेयर किनबेच भएको छ । आज काराेवारमा भने गिरावट आएकाे छ । लगानीकर्ता र नियामक निकाय नेपाल धितोपत्र बोर्डबीच पुँजी बजारका समस्या समाधान गर्ने सहमति भएपछि बजारमा केही सुधारकाे बाटाे देखिएकाे छ । 

    आज सबैभन्दा धेरै कुमारी बैंकको शेयर कारोबार भएको छ । बैंकको ८ करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ६ करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । लक्ष्मी बैंकको ४ करोड ७६ लाख रुपैयााको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ३ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज सबैभन्दा धेरै न्यादी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । सिवाइसी नेपाल लघुवित्तका लगानीकर्ताले ८ प्रतिशतका दरले कमाएका छन् । 


    images
    images

    Logo