images
images

ग्लोबल आइएमई क्यापिटलको म्युचुल फण्ड असार २२ गतेदिखि


  • 282
    SHARES
  • २०७९ आषाढ १० गते शुक्रबार

    ग्लोबल आइएमई क्यापिटलको म्युचुल फण्ड असार २२ गतेदिखि

    ग्लोबल आइएमई क्यापिटलको अर्को म्युचुल फण्ड असार २२ गतेदेखि खुल्ने भएको छ। क्यापिटलले ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ निष्काशनमा ल्याउन लागेको हो।

    क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याउन लागेको हो। सो फण्डको समयावधि १० वर्षको रहनेछ । 

    निष्काशन गरिने कुल इकाईमध्ये कुल बिक्री भएको इकाईसंख्याको  १८ लाख इकाई ग्लोलब आइएमई क्यापिटललाई र बाँकी अर्थात १ करोड ६२ लाख इकाई कोष प्रवर्धक ग्लोबल आइएमई बैंकलाई सुरक्षित गरी बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो। 

    उक्त फण्डमा न्यूनतम १ सय देखि १ करोड २० लाख इकाईसम्म आवेदन दिन सकिनेछ । सो फण्डको इकाईमा असार २६ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त समयमा सबै इकाई बिक्री नभएमा साउन ४ गतेसम्म आवेदन दिन सकिने क्यापिटलले जनाएको छ।


    images
    images

    Logo