images
images

४५ अंकले नेप्से घट्दा १ अर्ब ४९ करोडको कारोवार 


  • 267
    SHARES
  • २०७९ आषाढ ९ गते बिहीबार

    ४५ अंकले नेप्से घट्दा १ अर्ब ४९ करोडको कारोवार 

    काठमाडौं । शेयर बजारमा आज पनि गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४५.२५ अंकले घट्दा १ हजार ८ सय ४८ दशमलव २८ विन्दुमा झरेको छ । विहीबार २ सय ३७ कम्पनीको १ अर्ब ४९ करोड रुपैयाँ बराबरको ५ लाख ८ हजार कित्ता शेयर किनबेच भएको छ । 

    आज १५ कम्पनीको शेयर मुल्य बढेको छ भने १ सय ७८ कम्पनीको शेयर मुल्य घटेको छ । विहाबार कारोवारमा आएका सबै उपसुचकमा गिरावट आएको छ । 

    आज सवैभन्दा बढी कारोवार कुमारी बैंकको भएको छ । यस बैंकको ९ करोड ५३ लाख रुपैयाँ बराबरको शेयर कारोवार भएको छ ।  त्यस्तै, लक्ष्मी बैंकको ६ करोड ३६ लाख रुपैयाँ बराबरको शेयर कारोवार भएको छ भने नविल बैंकको ५ करोड ५३ लाख रुपैयाँ बराबरको शेयर कारोवार भएको छ । 

    विहीबार २ कम्पनीको शेयर मुल्यमा सर्किट लागेको छ । सर्किट लाग्नेमा आँधिखोला लघुवित्त र सीवाईसी लघुवित्त रहेको छ । आँधिखोला लघुवित्त १० प्रतिशतले बढेको छ भने सीवाईसी लघुवित्तको ९.९९ प्रतिशतले बढेको छ । 


    images
    images

    Logo