images
images

खप्तड लघुवित्तले आईपीओ जारी गर्दै,  शेयर रजिष्ट्रारमा मेगा क्यापिटल नियुक्त


  • 457
    SHARES
  • २०७९ आषाढ ९ गते बिहीबार

    खप्तड लघुवित्तले आईपीओ जारी गर्दै,  शेयर रजिष्ट्रारमा मेगा क्यापिटल नियुक्त

    काठमाडाैं ।  खप्तड लघुवित्त वित्तीय संस्थाले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधारणको लागि १ लाख ३२ हजार कित्ता शेयर जारी गर्न लागेको हो । 

    उक्त निष्काशन बाँडफाँड पश्चात कम्पनीको शेयरधनीको अभिलेख राख्न, शेयरको धितोबन्धक÷रोक्का राख्न, कम्पनीले घोषण तथा स्वीकृत बोनस शेयरको वितरण गर्न तथा नगद लाभांशको भुक्तानीको व्यवस्था गर्न, शेयर नामसारी तथा दाखिला खारेज जस्ता शेयर रजिष्ट्रारको सेवा प्रदान गर्नका प्रयोजनार्थ मेगा क्यापिटल मार्केट्सलाई शेयर रजिष्ट्रारको रुपमा नियुक्त गरेको छ ।

    बुधवारका मेगा क्यापिटल मार्केट्स, त्रिपुरेश्वरमा एक कार्यक्रममा खप्तड लघुवित्त तथा मेगा क्यापिटल बीच शेयर रजिष्ट्रार सम्बन्धी सेवा उपलब्ध गराउने बारे सम्झौता पत्र हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा खप्तड लघुवित्तका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुरेश बहादुर बमले तथा मेगा क्यपिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सवीर बादे श्रेष्ठले हस्ताक्षर गरे । सो कार्यक्रममा खप्तड लघुवित्तका सञ्चालक रणदेव कृष्ण श्रेष्ठ र मेगा क्यापिटलका प्रमुख लगानी अधिकृत शुलभ श्रेष्ठको पनि उपस्थिती रहेको थियो ।


    images
    images

    Logo