काठमाडौं । शेयर बजारमा भएको हरियाली एक दिन पनि टिकन सकेन । साताको चौथो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३१.२१ अंकले घटेर १ हजार ८ सय ९३ दशमलव ५३ विन्दुमा पुगेको छ । मंगलबार बढेको शेयर बजार बुधबार फेरी गिरावट आएको हो ।
बुधबार कारोवारमा आएका २ सय २९ कम्पनीको ८४ करोड ३७ लाख रुपैयाँ बराबरको ३० लाख ३४ हजार कित्ता शेयर किनबेच भएको छ । आज १९ कम्पनीको शेयर मुल्य बढेको छ भने १ सय ७३ कम्पनीको शेयर मुल्य घटेको छ । आज कारोवारमा आएका सवै उपसुचकहरु घटेका छन् । आज सवैभन्दा धेरै नविल बैंकको शेयर कारोवार भएको छ । यस कम्पनीको ३ करोड ९६ लाख रुपैयाँ बराबरको शेयर कारोवार भएको छ । नेपाल बैंकको २ करोढ ६७ लाख रुपैयाँ बराबरको शेयर कारोवार भएको छ ।
त्यस्तै, नेपाल लाइफ इस्योरेन्सको २ करोड ६४ लाख रुपैयाँ बराबरको शेयर कारोवार भएको छ ।
आज २ कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लाग्नेमा ग्लोवल आइएमई सम्मुनत स्किमका इकाई र आधिँखोला लघुवित्त रहेको छ ।



