images
images

दोर्दी खोलाको आईपीओ बाँडफाँट, ८ सय ८२ जनाको आवेदन रद्द


  • 514
    SHARES
  • २०७९ आषाढ ८ गते बुधबार

    दोर्दी खोलाको आईपीओ बाँडफाँट, ८ सय ८२ जनाको आवेदन रद्द

    काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनीको आईपीओ बाँडफाँट भएको छ। कम्जिीले बुधबार बिहान ९ बजे कम्पनीको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा सो आईपीओ बाँडफाँट गरिएको हो।

    कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोला प्रथा विधिबाट १० कित्ताका दरले बाँडफाँट गरिएको छ । सो आईपीओमा १४ लाख ७१ हजार ६ सय ६५ आवेदन परेको थियो। सोमध्ये १४ लाख ७० हजार ७ सय ८३ आवेदन स्वीकृत भएको छ भने बाँकी ८ सय ८२ आवेदन रद्द भएको क्यापिटलले जनाएको छ। 

    स्वीकृत आवेदनमध्ये २ लाख १ हजार ९ सय ८६ आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर पाएका छन्। सोमध्ये पनि भाग्यमानी ९ जनाले ११ कित्ता पाएका छन्।

    कम्पनीले जेठ २६ गतेदेखि कुल २१ लाख ९५ हजार ५ सय ९ कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो। त्यसमध्ये ६५ हजार ८ सय ६५ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने १ लाख ९ हजार ७ सय ७५ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिएको छ। बाँकी २० लाख १९ हजार ८ सय ३९ कित्ता शेयर मात्रै सर्वसाधारण लगानीकर्तामा वितरण गरिएको हो।


    images
    images

    Logo