images
images

धितोपत्र बोर्डको पत्रकार सम्मेलन : राष्ट्र बैंकको आलोचना, अर्थ मन्त्रालयको बचाउ


  • 276
    SHARES
  • २०७९ आषाढ ७ गते मंगलबार

    धितोपत्र बोर्डको पत्रकार सम्मेलन : राष्ट्र बैंकको आलोचना, अर्थ मन्त्रालयको बचाउ

    काठमाडौं । नेपाल धितोपत्र बोर्डको पत्रकार सम्मेलन राष्ट्र बैंकको आलोचनामै बढी केन्द्रित देखिएको छ । लामो अमेरिका भ्रमणपछि फर्किएका धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले आयोजना गरेको पत्रकार सम्मलेलनमा राष्ट्र बैंकको आलोचना र अर्थ मन्त्रालयको पक्षमा केन्द्रित भएका हुन् । 

    उनले अहिले बजार गिरावटको कारण ४÷१२ नीति भएको भन्दै यसको दोष राष्ट्र बैंकमाथि पोखे । उनले अर्थ मन्त्रालय भने लगानीकर्ताको मागप्रति चिन्तित रहेको भन्दै अर्थ मन्त्रालयको बचाउ समेत गरे । 

    उनले आन्दोलनरत लगानीकर्ताले उठाएका १९ बुँदामध्ये धितोपत्र बोर्डको क्षेत्राधिकारका कुराहरु कार्यान्वयन गर्न प्रतिवद्ध रहेको समेत बताए । उनले तत्काल पूरा गर्न सकिने माग तत्काल कार्यान्वयन गर्ने र समय लाग्ने मागको समेत कार्यान्वयन प्रक्रिया थाल्ने बताए । 


    images
    images

    Logo