काठमाडौं । हिमालयन हाइड्रो पावरको आईपीओ असार १५ खुल्दैछ । कम्पनीले कम्पनीले सर्वसाधारणकालागि कुल १९ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो ।
९ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेकोमा २ लाख ८१ हजार ७ सय ५० कित्ता मात्र बाँडफाँट भएकोले बाँकी ६ लाख १८ हजार कित्ता सहित गरी कुल १९ लाख ६८ हजार कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो।
निष्काशन गरिने कुल शेयरमध्ये अर्थात ३९ हजार ३६५ कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ । ९८ हजार ४ सय १३ कित्ता शेयर सामूहिक लगानी कोषमा छुट्याएर बाँकी रहेको १८ लाख ३० हजार ४ सय ७२ कित्ताका लागि सर्वसाधारणलेआवेदन दिन सक्नेछन्।
लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा एक हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।यस्तो निष्काशन बन्द छिटोमा असार १९ गते हुनेछ भने ढिलोमा असार २९ गते हुनेछ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ।



