काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । इन्स्योरेन्सले असार २० गते साधारण सभा बोलाएको छ ।
कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट चुक्ता पूँजीको ४.२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२२ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।
उक्त सभा प्रयोजनका लागि कम्पनीले वैशाख ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यस अनुसार वैशाख ७ गतेसम्म कायम भएका शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागि हुन र कम्पनीले वितरण गर्ने बोनस शेयर र नगद लाभांश पाउनेछन् ।