काठमाडौं ।राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको आईपीओमा आवेदन दिने म्याद थप गरिएको छ।। कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि जेठ २४ गतेदेखि निष्काशन गरेको थियो सो आइपीओमा माग गरेबमेजिम आवेदन नपरेकाले समय थप गरिएको हो ।
सो आईपीओमा अब जेठ २४ गतेदेखि आवेदन दिनसक्ने कम्पनीले जनाएको छ । कम्पनीले ६ लाख १२ हजार ७ सय कित्ता आईपीओ जारी गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात रुकुम पूर्वी जिल्ला र रुकुम पश्चिम जिल्लाका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको हो।
सो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा ६ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।