काठमाडौं । २ हाइड्रोपावरले आईपीओ जारी गर्ने भएका छन् । आईपीओ जारी गर्ने कम्पनीमा माण्डु हाइड्रोपावर लिमिटेड र माइ खोला हाइड्रोपावर लिमिटेड रहेका छन् । सो कम्पनीहरुले शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेका हुन् ।
यी दुबै कम्पनीले आज एक कार्यक्रम आयोजना गरी आफ्नो कम्पनीको शेयर सर्वसाधारणमा निष्काशन तथा बिक्री प्रबन्ध गर्नका लागि प्रभु क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्ती गर्ने सम्झौता गरेको हुन् । सम्झौतामा माण्डु हाइड्रोपावर लिमिटेडको तर्फबाट कम्पनीका अध्यक्ष महेश्वर प्रकाश श्रेष्ठ, माइ खोला हाइड्रोपावरका तर्फबाट कम्पनीको प्रमुख कार्यकारी अधिकृत रितेश रजकतथा र प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् ।
माण्डु हाइड्रोपावरले सर्वसाधारणमा शेयर जारी गर्दा प्रिमियम मुल्यमा शेयर जारी गर्ने तयारी गरेको छ । कम्पनीले मकवानपुर जिल्लाको इपा गाउँपालिकामा २२ मेगावाट क्षमताको बागमती स्मल जलविद्युत आयोजनाको निर्माण गरी सञ्चालन गरिरहेको छ । सो आयोजनाले २०७५ चैत्र १८ गतेबाटै विद्युत उत्पादन शुरु गरिसकेको छ ।
माइखोला हाइड्रोपावर ले इलाम जिल्लाको इलाम नगरपालिका स्थित माई खोलामा सुपरमाई क्यास्केड जलविद्युत आयोजना निर्माण गरी सञ्चालन गरिरहेको छ । कम्पनीले इलाम जिल्लाको इलाम नगरपालिका स्थित माई खोलामा सुपरमाई क्यास्केड जलविद्युत आयोजना निर्माण गरी सञ्चालन गरिरहेको छ । आयोजनाको क्षमता ३ मेगावाट रहेको छ । आयोजनाले २०७७ असार ३१ गतेबाट जलविद्युत उत्पादन शुरु गरिसकेको छ ।
यसैगरी आजै प्रभु क्यापिटल लिमिटेड र ट्रेड टावर लिमिटेड बिच एक सम्झौता भई ट्रेड टावर लिमिटेडले सर्वसाधारणमा निष्काशन गर्न लागेको प्राथमिक शेयरको प्रत्याभूतिकर्तामा प्रभु क्यापिटल नियुक्त भएको छ । कम्पनीले सर्वसाधारणमा ११ लाख ५८ हजार ९ सय ८० कित्ता शेयर सर्वसाधारणमा निष्काशन गर्ने तयारी गरेको छ ।



